आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
सानिमा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १ लाख १५ हजार ३८० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
सेयर बिक्रीको पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । उत्त सेयरमा आम लगानीकर्ताले आवेदन दिन पाउने छैनन् । संस्थापक सेयरधनीहरुले आज भदौ ४ गतेदेखि ३५ दिन भित्र आवेदन दिन सक्ने छन् ।
संस्थापक सेयरधनीहरुबाट ३५ दिनभित्र आवेदन नआएमा भने उक्त सेयर अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।
लगानीकर्ताले बैंकको केन्द्रिय कार्यालय नारायणचौर नक्सालबाट आवेदन दिनुपर्ने छ ।