सुनको भाउ सामान्य घट्यो

सुनको भाउ सामान्य घट्यो

काठमाण्डौ। हिजो अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज सामान्य घटेको छ ।

हिजो एकै दिन तोलामा तीन हजार रुपैयाँले बढेको सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ घटेर एक लाख ५२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज घटबढ भएको छैन । आज पनि चाँदी तोलाको एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

खबरपाटी
खबरपाटी