भारतमा परराष्ट्रमन्त्री, आज मोदीसँग भेटवार्ता हुँदै

भारतमा परराष्ट्रमन्त्री, आज मोदीसँग भेटवार्ता हुँदै

आइतबार भारत भ्रमणमा गएकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार भारतीय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्ग भेटवार्ता गर्ने भएकी छिन् । 

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणाले हैदरावाद हाउसमा मोदीसँग भेटवार्ता गर्न लागेकी हुन् । 

भेटमा देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

यस्तै उनले समकक्षी एस जयशंकरसँग पनि आजै भेट गर्नेछिन् । 
 

खबरपाटी
खबरपाटी