प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटवार्तामा सरकारका कामका विषयमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ ।ओलीले आफ्नो फेसबुक पेजमा सरकारका कामबारे कुराकानी भएको उल्लेख गरेका छन् ।

‘आज शनिबार नेपाली कांग्रेसका सभापती पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसाग कुराकानी भयो’ ओलीले लेखेका छन्, ‘केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि कुरा भए ।’ 

प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँले दुई शीर्ष नेताबीच सरकारका काम प्रभावकारी बनाउने विषयमा नियमित भेट भएको बताए ।

खबरपाटी
खबरपाटी