जनार्दनले पार्टी फुटाउँछ भन्ने हल्ला गलत :अध्यक्ष दाहाल

जनार्दनले पार्टी फुटाउँछ भन्ने हल्ला गलत :अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी फुट्ने कुरा निराधार रहेको दाबी गरेका छन् । 
 

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले पार्टी फुट्ने कुरा निराधार रहेको र लामो समयदेखि हल्ला फिँजाइएको बताए । उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउने भन्ने हल्ला फिँजाइएको भन्दै उक्त हल्ला गलत रहेको उनको भनाइ छ । उनले पार्टी एकताबद्ध भएको पनि बताए ।


‘पार्टी फुट्ने कुरा बिल्कुलै निराधार हो । पार्टी फुट्छ भनेर केही समयदेखि भनिरहेका छन् । हो(हल्ला, प्रचार धेरै भयो । कतिपय सन्दर्भमा आशंका र भ्रम भए । यो बैठकसम्म आउँदा ती सबै भ्रम चिरिएका छन्,ु उनले भने, ुखासगरी कमरेड प्रभाकर ९जनागर्दन शर्मा० ले पार्टी फुटाउँछ भनेको जस्तो जो माहोल बनेको छ, त्यो बिल्कुलै गलत हो, हाम्रो पार्टी एकताबद्ध भएको छ र कमरेड प्रभाकर लगायतसँग जे आशंका गरिएको छ, गलत छ ।’

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई पीडितकेन्द्रित, पीडितमैत्री बनाउने सम्पूर्ण प्रयास गरिएको र यसले पीडितहरुको मागलाई, चाहनालाई राम्रोसँग सम्बोधन गरेको उनले जिकिर गरे । उनले संक्रमणकालीन विधेयक दृढतापूर्वक कार्यान्वयनमा लैजान आवश्यक रहेकोमा जोड दिए ।

खबरपाटी
खबरपाटी