हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालन आम्दानी घट्दा हिमालयन डिष्टिलरीको खुद नाफामा गिरावट आएको छ ।
खुद नाफा
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६।५५ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कम्पनीले ६६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
सञ्चालन आम्दानी
कम्पनीको सञ्चालन आम्दानी २६.५२ प्रतिशतले घटेर ४ अर्ब १५ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ ।
कुल नाफा
कुल नाफा ३०.३९ प्रतिशतले घटेर १ अर्ब २३ करोड १६ लाख रुपैयाँमा कायम भएको छ ।
कुल सञ्चालन आम्दानीरसञ्चालन मुनाफा
कम्पनीको कुल सञ्चालन आम्दानी २७.१८ प्रतिशतले घटेर १ अर्ब २९ करोड ६१ लाख रुपैयाँका कायम भएको छ भने सञ्चालन मुनाफा ४४।११ प्रतिशतले घटेर ५३ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ।
प्रतिसेयर आम्दानी
कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९८ पैसा घटेर १३ रुपैयाँ २१ पैसामा झरेको छ।
प्रतिसेयर नेटवर्थ
कम्पनीको प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ १० पैसा रहेको छ ।
चुक्ता पूँजीरजगेडा कोष
चुक्ता पूँजी २ अर्ब ६७ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६७ करोड ८ लाख रुपैयाँ सञ्चित छ।