काठमाडौं । अघिल्लो कारोबार दिन मंगलबार सामान्य अंकले बढेको सेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ। नेप्से परिसूचक ३४.२९ अंकले बढेर २९५७ विन्दुमा अडिएको छ। मंगलबार नेप्से परिसूचक ८ अंकले घटेको थियो।
यसदिन ३३२ स्क्रिप्सको ५ करोड १२ लाख३० हजार ३४० कित्ता सेयर २३ अर्ब ४३ करोड ५ लाख ८१ हजार १५० रुपैयाँमा खरिदबिक्री भए।अघिल्लो दिन २१ अर्ब ५१ करोड मूल्यको सेयर कारोबार भएको थियो।
यसदिन १० वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ८६ करोडको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो।
यसैगरी शिवम् सिमेन्टको ८४ करोड,अपी पावरको ७५ करोड, नेपाल फाइनान्सको ६१ करोड र सानिमा माइ हाइड्रोपावरको ५८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
तीन समूहको उपसूचकबाहेक अन्यको सूचक सकारात्मक देखिएका छन्। लाइफ इन्स्योरेन्स , माइक्रोफाइनान्स र म्युचुअल फण्डको उपसूचकबाहेक अन्यको सूचक सकारात्मक देखिएका छन्।
आज फाइनान्स समूहको उपसूचक ७.६७ प्रतिशतले बढ्यो। कारोबारमा आएका १५६ स्टक्सको मूल्य बढ्दा ७८ वटाको घट्यो। ८ वटा स्टक्सको मूल्य भने आज स्थिर रह्यो।