मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ राज्यमन्त्री बर्खास्त गरे

मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ राज्यमन्त्री बर्खास्त गरे

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

मधेसमा नेकपा एमालेका ३, नेपाली कांग्रेसका २, जनमतका २, लोसपाका एक राज्यमन्त्री थिए।

अब मधेस सरकारमा कांग्रेसका चार, एमालेका चार, जनमतका मुख्मयन्त्रीसहित तीन र लोसपाका एक मन्त्री छन्।

सिके राउत नेतृत्वको जनमत पार्टीका सांसद सिंह मधेसमा मुख्यमन्त्री छन्।

उनले पछिल्लो पटक ५ जना राज्यमन्त्री नियुक्त गरेका थिए।

त्यसपछि जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरणसमेत सोधेको थियो भने सत्तारूढ नेपाली कांग्रेसका नेताहरू शेखर कोइराला, नैनसिंह महरलगायतले केन्द्रीय समिति बैठकमै मधेसमा जम्बो मन्त्रिपरिषद गठन गरेकोमा आलोचना गरेका थिए।

मुख्यमन्त्री सिंहले राज्यमन्त्रीहरूलाई पदबाट राजीनामा दिन भनेका थिए। सोअनुसार सत्तारूढ नेकपा ९एमाले० का तीन जना राज्यमन्त्रीले सोमबार नै राजीनामा बुझाएका थिए।

एमाले संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार मन्त्री सरोज यादवले पार्टीबाट राज्यमन्त्री भएकाहरूले राजीनामा दिइसकेको बताए।

ुजम्बो मन्त्रिमण्डल भएपछि आलोचना भयो, अलि उपयुक्त देखिएन त्यसैले केन्द्रीय नेतृत्वसँग सल्लाह गर्दा राज्यमन्त्रीहरूले राजीनामा दिनुभएको हो,’ उनले भने। उनकाअनुसार सरकारमा रहेका ८ राज्यमन्त्रीलाई फिर्ता बोलाउने निर्णय भएको छ।

मधेस मुख्यमन्त्रीले अहिलेसम्मकै धेरै २० सदस्यीय मन्त्रिमण्डल बनाएको भन्दै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले आन्दोलन गर्दै आएको थियो।

खबरपाटी
खबरपाटी