सिंहदरबारमा रास्वपा संसदीय दलको बैठक जारी

सिंहदरबारमा रास्वपा संसदीय दलको बैठक जारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित दलको कार्यालयमा विहान १० बजेदेखि जारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयकबारे छलफल भइरहेको जनाइएको छ । सांसद एवं पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार आजको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे पनि छलफल गरिने भइरहेको छ ।


आज दिउँसो प्रतिनिधिसभामा पेश हुने कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयकसम्बन्धी समितिको प्रतिवेदन सम्बन्धमा जारी संसदीय दलको बैठक केन्द्रित रहेको उनको भनाई छ ।

खबरपाटी
खबरपाटी