सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार रु १०० मात्रै घटेर तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको हो । 

यस्तै तेजाबी सुन तोलामा १ लाख ४८ हजार कायम भएको छ । यसैबिच सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७१५ रुपैयाँ कायम भएको छ । 

अघिल्लो चाँदीको मूल्य तोलामा १ हजार ७२० रुपैयाँ कायम भएको थियो । 

खबरपाटी
खबरपाटी