सुनको मूल्यमा बढोत्तरी, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा बढोत्तरी, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ।  अघिल्लो दिन तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको हो । 

यस्तै शुक्रबार तेजाबी सुन तोलामा १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको छ।  

यसैबीच चाँदी तोलामा १ हजार ७३० रुपैयाँमा कारोबार भएको छ।  अघिल्लो दिन चाँदी तोलामा १ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो । 

खबरपाटी
खबरपाटी