काठमाडौँ। सर्वोत्तम सिमेन्टले जगदम्बा सिमेन्ट किनेको छ। सर्वोत्तमका लगानीकर्ताले जगदम्बाको ब्राण्ड नाम सहित नै किनेका हो ।
कुल पुँजी १ अर्ब रहेको जगदम्बा सिमेन्टमा शंकर ग्रुपको ४५ प्रतिशत र सौरभ ग्रुपको ५५ प्रतिशत शेयर थियो। सर्वोत्तम सिमेन्ट चलाउने अरु नभएर जगदम्बाकै ५५ प्रतिशत स्वामित्व भएका न्यौपाने दाजुभाई (विष्णु न्यौपाने, हरि न्यौपाने र शशी न्यौपाने) अर्थात सौरभ ग्रुप हो।
यो सँगै शंकर ग्रुप जगदम्बा सिमेन्टबाट बाहिरिएको हो। सौरभ ग्रुप९न्यौपाने दाजुभाई० ले जगदम्बा सिमेन्ट ‘ब्राण्ड’ हात पारेको हो। अर्थात शंकर ग्रुप बाहिरिए यो पुर्ण रुपमा सर्वोत्तम सिमेन्टकै मातहतमा रहने छ तर नाम भने जगदम्बा नै रहने छ।
स्रोतका अनुसार जगदम्बा सिमेन्टको भर्खरै सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन ९डीडीए० सकिएर सर्वोत्तमकै मातहतमा आएको छ। जगदम्बालाई सर्वोत्तमलाई किन्ने सम्झौता भने केही पहिला नै भईसकेको थियो। स्रोतले अर्थलगानीलाई दिएको जानकारी अनुसार जगदम्बालाई सर्वोत्तमले ९० करोडमा किनेको खुल्न आएको छ ।
पछिल्ला वर्षहरुमा जगदम्बा सिमेन्ट निरन्तर घाटामा गएको थियो। जगदम्बाको व्यावसाय सन् २०२२ को तुलनामा सन् २०२३ मा ४६ प्रतिशतले घटेको इक्रा नेपालले रेटिङमा देखाएको छ। मागमा आएको कमीका कारण कम्पनी घाटामा गएको रेटिङ कम्पनीले जनाएको छ।
जगदम्बा किन्ने सर्वोत्तम सिमेन्ट नेपालको शेयर बजारमा बुकविल्डीङ मार्फत आईपीओ जारी गर्ने पहिलो कम्पनी हो। सर्वोत्तमले पहिलो पटक बुक बिल्डिङ मार्फत सर्वसाधारणलाई विं.सं. २०८० फागुन १३ गतेदेखि १६ गतेसम्म कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्कासन गरेको थियो। साथै उक्त फागुन २५ गते नै आईपीओ बाँडफाँड गरेको थियो। आगामी भदौ २५ गते ६ महिना पुग्दै छ। योसँगै कम्पनीको हाल संस्थागत तर्फको २४ लाख कित्ता र सामूहिक लगानी कोष तर्फको १ लाख ५४ हजार २२७ कित्ता गरि जम्मा २५,५४,२२७ कित्ता सेयरको लक इन समेत खुल्दै छ।
पछिल्लो कारोबार आज साउन २४ गते कम्पनीको शेयर मुल्यमा सर्किट लाग्दा प्रतिसेयर मूल्य ९९० पुगेको छ। त्यस्तै बजार पुँजीकरण ४६ अर्ब ३ करोड ५० लाख पुगेको छ।
त्यस्तै पछिल्लो पटक गत आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात गत चैतसम्मको अपरिस्कृत वित्तीय विवरण कम्पनीले सार्वजनिक गरेको छ। जसमा कम्पनीले १२ करोड मुनाफा गरेको देखिन्छ। त्यस्तै प्रति शेयर आम्दानी ३.०६ र प्रतिसेयर नेटवर्थ २१२.०३ रहेको देखिन्छ ।
सौरभ ग्रुपको व्यावसायीक इतिहास के हो ?
सौरभ ग्रुपको स्थापना म्यानमारमा भएको हो। १९६० सम्म, लिलाराम न्यौपानेले म्यानमारको लासियो शहरमा रिटेल व्यापार र बटर उद्योग सञ्चालन गर्थे। तर, सन् १९६० मा म्यानमारले बुद्धिजम धर्म अपनाउने आदेश दिएपछि नेपाली र भारतीय नागरिकहरुलाई म्यानमार छोड्न बाध्य पारेको थियो।
लिलाराम न्यौपाने नेपाल फर्किएर व्यापारिक एजेन्सी र बस व्यवसायको थालनी गरे। उनले भैरहवामा टेक्सटाइलको होलसेल स्टोर खोलेर काठमाडौंबाट टेक्सटाइल आयात गरेर वितरण गर्न थाले। पछि, उनले नेसनल ट्रेडिङ र साल्ट ट्रेडिङ लिमिटेडको नेतृत्व गरे। सन् १९६४ मा व्यापार विस्तार गर्दै, सन् १९८६ मा जगदम्बा सिमेन्ट उद्योगको स्थापना गरे। सन् १९९० को सुरुवातमा उनले म्यानुफ्याक्चर भेन्चरमा प्रवेश गरे।
सौरभ फोटो इन्टरनेसनलले कोन्का प्रोडक्ट्सको आधिकारिक डिस्ट्रिब्युटरको रूपमा नेपाली बजारमा बलियो उपस्थिति बनायो। आयात निर्यात व्यापारबाट औद्योगिक क्षेत्रमा प्रवेश गर्दै, सौरभ ग्रुप अहिले सिमेन्ट, स्टील, चिया, धागो, पिपी बुने फ्याब्रिक, र क्याल्सियम कार्बोनेट जस्ता सामग्री उत्पादनमा केन्द्रित छ। यसले कोन्का प्रोडक्ट्स, सिटिजन घडीका पार्टपूर्जाहरु , र अन्य चाइनिज सामानहरूको आयात गर्दै व्यापारिक क्रियाकलापलाई निरन्तरता दिएको छ।
लिलारामको निधनपछि उनका छोरा विष्णुप्रसाद न्यौपाने सन् १९८८ मा समूहमा सामेल भएका थिए।