८ वर्षमा प्राधिकरणका लागि ८२ अर्ब नाफा  : कुलमान घिसिङ

८ वर्षमा प्राधिकरणका लागि ८२ अर्ब नाफा  : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूले पहिलोपल्ट प्राधिकरण नेतृत्व सम्हालेयता ८२ अर्ब रुपैयाँ नाफा गरेको बताएका छन् । ८ वर्षअघि घाटामा रहेको प्राधिकरण अहिले सञ्चित नाफामा पुगेको उनको दाबी छ।


‘आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ,’ पत्रकार सम्मलेन गर्दै शुक्रबार कुलमानले भने, ‘८ वर्षमा ८२ अर्ब २ करोड नाफा पुगेको रहेछ ।’ घिसिङका अनुसार आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले त्यसयता भने ती दिन फर्केर हेर्नुपरेको छैन । आर्थिक वर्ष २०७३र७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउँदै प्राधिरणले सुरु गरेको नाफाको क्रमले अहिले निरन्तरता पाएर गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको उनले बताए ।

मन्त्रिपरिषद्को २०७८ साल साउन २५ गतेको निर्णयबाट घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि दोस्रो पटक नियुक्ति गरेको थियो । प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति भएको तीन वर्ष पूरा भएको हो ।

ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा घिसिङले आर्थिक वर्ष ९आव० २०७८/७९ र आव २०७९/८० मा क्रमशस् ९४.२३ र ९८.९४ प्रतिशत अंक पाएका छन् ।

प्राधिकरणको आम्दानी १ खर्व १६ अर्ब रुपैयाँबाट उकालो लागेको छ । प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि २ खर्ब ११ अर्व रुपैयाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्व रुपैयाँ पुगेको छ । प्राधिकरणले अन्तराष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मुल्यांकन गरेको छ जसबाट प्राधिकरणको सम्पत्तिमा अझ बढोत्तरी हुने देखिएको छ ।

कुलमानले आगामी वर्षहरुमा पनि खर्च कटौती, विद्युत विक्रीमा बृद्धि, चुहावट नियन्त्रण, आन्तरिक उत्पादन वृद्धि, उत्पादित विद्युत आन्तरिक बजारमा खपत नभएमा निर्यात गर्ने, अन्य आम्दानीमा वृद्धि आदिकार्यहरु गरी खुद मुनाफामा वृद्धि गरिने प्रतिबद्धता गरेका छन् ।

खबरपाटी
खबरपाटी