विधान संशोधनका लागि रास्वपाले माग्यो सुझाव

विधान संशोधनका लागि रास्वपाले माग्यो सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विधान संशोधनका लागि सुझाव मागेको छ।

विधान संशोधनका लागि महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा ११ सदस्यीय ‘विधान संशोधन सुझाव कार्यदल’ गठन गरेको रास्वपाले सुझाव संकलन गर्ने भएको हो ।

पार्टीलाई वैचारिक, राजनीतिक र सांगठनिक रूपमा थप प्रभावकारी बनाउने उद्देश्यले विधान संशोधन गर्न लागेको रास्वपाले जनाएको छ।

कार्यदलमा केन्द्रीय समितिका डा। तोसिमा कार्की, सोविता गौतम, गणेश कार्की, पुकार बम, क्रान्तिशिखा धिताल, विजय जैरु, मेघ आले, कामिनी चौधरी एवं केन्द्रीय विभागका नारायण घिमिरे र शंकर श्रेष्ठ सदस्य छन्।

अनलाइनमार्फत सुझाव दिन सकिने रास्वपाले जनाएको छ।
 

खबरपाटी
खबरपाटी