भ्रष्टाचारमा अनुहार हेरेर क्षमा हुँदैन, ऐन संशोधन प्रक्रियामा छौं : प्रधानमन्त्री ओली

भ्रष्टाचारमा अनुहार हेरेर क्षमा हुँदैन, ऐन संशोधन प्रक्रियामा छौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि क्रियाशील भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गरिने बताएका छन्।

मंगलबार संघीय संसद्अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ संशोधनबारे सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचारको विषयमा सरकारले यताउति नहेर्ने दाबी गरेका हुन्।

उनले भ्रष्टाचार अन्त्य गर्न सरकारले जोकसैको अनुहार नहेर्ने बताए।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि क्रियाशील भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गरिने बताएका छन्।

मंगलबार संघीय संसद्अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ संशोधनबारे सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचारको विषयमा सरकारले यताउति नहेर्ने दाबी गरेका हुन्।

उनले भ्रष्टाचार अन्त्य गर्न सरकारले जोकसैको अनुहार नहेर्ने बताए

‘भ्रष्टाचारमा कसैको अनुहार हेरेर सरकारले क्षमा गर्दैन। अहिलेको सरकार प्रतिशोधका लागि होइन। अर्थतन्त्र र समाजमा सुधार ल्याउन बनेको हो। कसैप्रति आग्रह/पूर्वाग्रह राख्दैनौं। कसैले भ्रष्टाचार गर्‍यो भने कोही उम्किन पाउँदैन,’ प्रधानमन्त्रीले भने।

कानुनको नजरमा सबै बराबरी भएकाले भ्रष्टाचार नियन्त्रणमा पनि सोही विधि लागू उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण र निवारणमा थप प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए। 

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्दै स्वच्छता, पारदर्शिताका साथ मुलुकमा सुशासन कायम गर्न सरकारले ऐन संशोधन गर्न चाहेको स्पष्ट पारे।

भ्रष्टाचार निवारण ऐन, २०५९ मा रहेको भ्रष्टाचारसम्बन्धी कसुरको परिभाषा, सार्वजनिक संस्था र कसुर र सजाय, अनुसन्धान तथा अभियोजनलगायतका विषयमा संशोधन आवश्यक देखिएको प्रधानमन्त्रीको भनाइ छ।

खबरपाटी
खबरपाटी