नेपालमा विमान दुर्घटनामा कतिको हुन्छ बिमा ? बिमा वापत कति रकम पाउँछन् मृतकका परिवारले ?

नेपालमा विमान दुर्घटनामा कतिको हुन्छ बिमा ? बिमा वापत कति रकम पाउँछन् मृतकका परिवारले ?

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा जना १८ जनाको मृत्यु भएको छ ।

बुधबार बिहान काठमाडौँबाट पोखराको उडानमा विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । 

एक जना विदेशी सहित १८ जना यात्रुको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणले मृत्युको नामावाली सार्वजनिक गरेको छ ।

मृतकका आफन्तले बीमा बापत २० हजार अमेरिकी डलर पाउने प्राधिकरणले जनाएको छ । आन्तरिक हवाई दुर्घटनामा मृत्यु भएका प्रत्येक मृतकका परिवारले प्रतिमृतक २० हजार अमेरिकी डलर पाउने कानुनी व्यवस्था रहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउने प्रत्येक नागरिकका परिवारले प्रतिव्यक्ति २० हजार अमेरिकी डलर पाउने व्यवस्था । यो रकम विमान कम्पनीले आफ्ना यात्रुका लागि गरेको बीमावाप भुक्तानी गर्नेछ ।

त्यसैगरी चालकदलका सदस्यहरूले बीमा बापत प्रतिव्यक्ति ४० हजार अमेरिकी डलर पाउने व्यवस्था छ । नेपालमा व्यवसायिक हवाई उडान सुरु भएदेखि यात्रुको बीमा रकम २० हजार अमेरिकी डलर छ ।

खबरपाटी
खबरपाटी