पिकमा कारोबार भइरहेको सुनको मुल्यमा सामान्य गिरावट

पिकमा कारोबार भइरहेको सुनको मुल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार मात्र ३०० रुपैयाँ घटेर १ लाख ४९ हजार ५०० रुपैयाँ कायम भएको हो । 

बुधवार कायम भएको मूल्य हालसम्मकै रेकर्ड मूल्य हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच बुधवार तोलामा १ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर १ हजार ८६० रुपैयाँ कायम भएको छ । 

खबरपाटी
खबरपाटी