बेचन झा र प्रतीक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालियो : रवि लामिछाने

बेचन झा र प्रतीक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालियो : रवि लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतीक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले फाइल खुलेको २४ घण्टामा सरकार ढालिएको बताएका हुन् । उनले केही नियुक्ति, बेचन झा र प्रतीक थापाको पक्राउ बाहेक सरकार ढल्नुको अर्को कुनै कारण नभएको बताए । उनले अदालतले पक्राउ पुर्जी जारी गरेको मान्छेलाई राज्य व्यवस्था तथा सुशासन समिति सभापतिले भेटेको भन्दै सुशासनको अपेक्षा गर्ने भनी प्रश्न समेत गरे । उनले संसदीय समितिमा कांग्रेस एमालेको बहुमत पुग्ने भन्दै आफूलाई सहकारी ठग प्रमाणित गरेर कारबाही गर्न चुनौती दिए ।

उनले भने – ‘फाइल खुलेको २४ घण्टामा सरकार ढाल्नुभयो । कसरी खोल्ने फाइल रु सरकार के कारणले ढल्यो रु हाम्रो सहमति के भयो भनेर तपाईँहरूले सदनलाई ढाँट्नुभयो । यो देशको बच्चा बच्चालाई थाहा छ सरकार किन ढल्यो रु यो देशको बच्चा बच्चालाई थाहा छ कसका कारणले सरकार ढल्यो रु स्पष्ट छ । केही नियुक्ति र बेचन झा, प्रतीक थापाको पक्राउ बाहेक यो सरकार ढलेको अर्को कुनै कारण जनतालाई थाहा छैन । तपाईँहरूले आफूले गरेको सहमति खल्तीमा हाल्नुभएको छ । देखेका छैनौँ । मलाई दुःख लाग्छ राज्य व्यवस्था तथा सुशासन समितिका सभापति अदालतले पक्राउ पुर्जी जारी गरेको अदालतलाई भेट्न गएर भन्नुहुन्छ, म तपाईँको पक्षमा छु । तिनीहरूले गलत गरे म तिनीहरूलाई ठिक पार्छु भनेर राज्य व्यवस्था तथा सुशासन समितिको सभापति सिङ्गो पार्टीको सांसद बोकेर जानुहुन्छ । सुशासनको अपेक्षा गर्ने रु अब त संसदीय समितिमा पनि तपाईँहरूको बहुमत भयो होला । अब त मलाई ठग प्रमाणित गर्न तपाईँहरूलाई कुनै आपत् पनि पर्दैन होला । गर्नुस् ठग प्रमाणित । यो देशमा कोही न कोही त जेल जानैपर्छ । सुरुवात म बाट गर्नुस् म तयार छु । तर सत्यबाट विमुख हुनेवाला छैन । कोही न कोही त जेल जानैपर्छ । सुरुवात मबाटै गर्नुस् । मैले औपचारिक उद्घाटन गरे नेपालगन्जमा एउटा जेल । भ्रष्टलाई जेल हाल्छु । सुशासनको एजेण्डा लिएर । यो व्यवस्था जोगाउनको निम्ति ज्यान दिन तयार छौँ । यसलाई तलमाथि पार्न दिँदैनौँ ।’

गृहमन्त्री लामिछानेले अनुसन्धानको सुई कसैको ढोका ढकढकाउन थालेपछि दुई ठुला दललाई संविधानको याद आएको टिप्पणी गरे ।

खबरपाटी
खबरपाटी