प्रधानमन्त्रीलाई विश्वास मतबारे निर्णय गर्न राप्रपा संसदीय दलको बैठक बस्दै

प्रधानमन्त्रीलाई विश्वास मतबारे निर्णय गर्न राप्रपा संसदीय दलको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ।

बिहिबार दिउँसो २ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा दलको बैठक बस्न लागेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट लिन लागेको विश्वासको मतबारे छलफल गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

एमालेले कांग्रेससँगको सहकार्यमा सरकार बनाउने निर्णयसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार संसदबाट विश्वासको मत लिँदैछन्। ‘राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने निर्णय दिउँसो बस्ने संसदीय दलको बैठकले गर्छ,’ प्रवक्ता श्रेष्ठले भने।

प्रतिनिधि सभामा राप्रपाको १४ सांसद छन्।

 

facebook sharing button

twitter sharing button

खबरपाटी
खबरपाटी