सुनको भाउ स्थिर रहँदा घट्यो चाँदी

सुनको भाउ स्थिर रहँदा घट्यो चाँदी

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख ४४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।तेजाबी सुनको मूल्य तोलाको १ लाख ४३ हजार ४ सय रूपैयाँ कायम भएको छ ।

 

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

खबरपाटी
खबरपाटी