कांग्रेस संसदीय दलको बैठक बस्दै, सत्ता सहकार्यको सहमतिबारे जानकारी दिइने

कांग्रेस संसदीय दलको बैठक बस्दै, सत्ता सहकार्यको सहमतिबारे जानकारी दिइने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको आज बस्दै छ । 

संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो ३ बजे दलको बैठक बस्ने कांग्रेसले जनाएको छ । बैठक पछिल्लो राजनीतिक घटनाक्रमा केन्द्रित हुने बताइएको छ । कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएको छ । एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । 

 

प्रधानमन्त्री प्रचण्डले असार २८ गते सदनमा विश्वासको मत लिने भएका छन् । सदनमा कसरी प्रस्तुत हुनेलगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ । 

 

खबरपाटी
खबरपाटी