रास्वपाका मन्त्रीहरूले आज राजीनामा दिने

रास्वपाका मन्त्रीहरूले आज राजीनामा दिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले पदबाट राजीनामा दिने भएका छन् । उनीहरूले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा दिन लागेका हुन् ।

एमालेका मन्त्रीहरूले राजीनामा दिएको भोलिपल्ट रास्वपाका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाउन लागेका हुन् ।

एमालेका मन्त्रीहरुले राजीनमा दिएपछि राजीनामा दिने रास्वपाको तयारी थियो । बुधबार एमालेका मन्त्रीहरूले राजीनामा दिएका कारण आज रास्वपाका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् । रास्वपाका मन्त्रीहरूले पनि राजीनामा दिने भएपछि प्रचण्ड थप दबाबमा परेका छन् ।

एमाले र कांग्रेसले नयाँ गठबन्धन बनाई सरकार गठनको प्रयास गरेका छन् । रास्वपाले नयाँ गठबन्धनको सरकारमा भने सहभागी नहुने बताएको छ ।

खबरपाटी
खबरपाटी