काठमाडौं- बिरामी भएका भनिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि शीतल निवास पुगेका छन्।
उनी दोस्रो तहका केही नेताहरूलाई लिएर शीतल निवास पुगेका हुन् ।
स्रोतका अनुसार कांग्रेसका तर्फबाट सभापति देउवासहित प्रमुख सचेतक रमेश लेखक र ज्ञानेन्द्र बहादुर कार्की पनि शीतल निवास पुगेका छन्।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली बालकोटबाट शीतल निवासमा पुगिसकेका छन् ।
दुई ठूला दलबीच नयाँ सत्ता समीकरणको रस्साकस्सी भइरहेका बेला शीतल निवासमा छलफल भइरहेको छ । यसअघि होटल भिभान्तामा सहमतिको ड्राफ्ट तयार पारिएको थियो ।
दुई दलको मात्रै सरकार बनाउने दिशामा अघि बढेका ओली र देउवा दुवै राष्टपति रामचन्द्र पौडेलसँग परामर्शका लागि जुटेका हुन् ।
एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने कुरामा दुई दलले करिब सहमति जुटाइसकेका छन् । राष्टपतिसँग आवश्यक परामर्शपछि मंगलबार नै नयाँ सरकारका लागि ठोस निर्णय लिइने भएको छ ।
नयाँ सरकार गठनको प्रक्रिया पूरा गर्न उनीहरू शीतल निवास पुगेका हुन् । नयाँ सरकार गठनका लागि बिहानसम्म हस्ताक्षर हुने नेताहरूको दाबी छ ।
काङ्ग्रेस सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठमै पदाधिकारी बैठक राखेका थिए । उता ओलीले एमालेका केही पदाधिकारीसँग बालकोटमै छलपफल गरेका थिए ।
यसबीचमा सहमतिका लागि कांग्रेसबाट रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की खटिएका थिए । उता एमालेबाट शंकर पोखरेल, प्रदीप ज्ञवाली र रमेश बडालसहित जुटेका थिए