राजनितिक फेरबदलको प्रभाव : दोस्रो सर्किट ब्रेक लागेर ओर्लियो शेयर बजार, २ मिनेटमा ७० अंक भन्दा धेरैको गिरावट

राजनितिक फेरबदलको प्रभाव : दोस्रो सर्किट ब्रेक लागेर ओर्लियो शेयर बजार, २ मिनेटमा ७० अंक भन्दा धेरैको गिरावट

काठमाडौँ । मंगलबार बजार खुलेको ३ मिनेट भित्रमा ४ प्रतिशत सर्किट ब्रेक लागेर शेयर बजार १५ मिनेटका लागि रोकिएको थियो । त्यस लगत्तै अर्को ५ प्रतिशतको विन्दु छोएर बजार पुन ४५ मिनेटका लागि बन्द भएको थियो । 

सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी बीच सत्ता परिवर्तनका लागि सहमति भएसँगै नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा उल्लेख सुधार आएको हो । 

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार राजनीतिक समीकरण परिवर्तनको प्रभाव पुँजीबजारमा देखिएको हो ।

“शेयर बजारमा ठूलो परिवर्तन हुनुपर्ने कारण केही छैन । सरकार परिवर्तनको प्रभाव लगानीकर्तामा परेको हुनसक्छ”, उनले भने ।

तर दोस्रो सर्किट ब्रेक लागेर बजार खुल्दा प्रधानमन्त्री प्रचण्डले राजिनामा नदिएर विश्वासको मत लिने प्रधानमन्त्री सचिवालयको निश्कर्षसँगै शेयर बजारको ओरालो यात्रा सुरु भएको छ र रोक्किएको बजार पुन सुचारु भइसकेको छ भने बजार २१ सय अंकभन्दा तलको विन्दुमा कारोबार भइरहेको छ ।

खबरपाटी
खबरपाटी