साउदी अरबमा हज यात्रामा रहेका १४ जना हजयात्रीहरुको गर्मीका कारण मृत्यु

साउदी अरबमा हज यात्रामा रहेका १४ जना हजयात्रीहरुको गर्मीका कारण मृत्यु

मुस्लिमहरुको महान पर्व इद मनाउन साउदी अरबमा हज यात्रामा रहेका १४ जना हजयात्रीहरुको गर्मीका कारण मृत्यु भएको छ ।

जोर्डनको विदेश मन्त्रालयले एक बिज्ञप्ती जारी गर्दै उच्च तापमानका साथ चलेको तातो हावाका कारण उनीहरुको मृत्यु भएको पुष्टी गरेको छ ।

 

मृत्यु हुनेमा सबैजना जोर्डनका नागरिकहरु रहेका छन् । हज यात्रामा रहेका अधिकांश हज यात्रीहरु गर्मीको चपेटामा पर्दा १७ जना भने सम्पर्कविहीन बनेका छन् भने उनीहरुको खोजी कार्य जारी रहेको छ ।

साउदी अरबको हज विश्वकै सबैभन्दा ठूलो सामूहिक जमघट हुने मध्येको एक हो । साउदी अधिकारीहरूका अनुसार यस वर्ष १८ लाखभन्दा बढी तीर्थयात्रीहरू सहभागी छन् ।

हाल त्यहाँको तापक्रम ४६ डिग्री पुगेको छ । गत वर्ष हज यात्राका क्रममा भएको भागदोडमा २ सय ४० जनाको मृत्यु भएको थियो ।

 

खबरपाटी
खबरपाटी