आँप खानुका फाईदाहरु के-के छन त ?

आँप खानुका फाईदाहरु के-के छन त ?

काठमाडौं -गर्मी मौसम भन्नासाथ आँपको सम्झना सबैलाई आउने गर्दछ ।   धेरै मान्छेलाई मनपर्ने फल भएकोले यसलाई फलफूलको राजा पनि मानिन्छ । धेरै मात्रामा आँप तराईमा उत्पादन भएपनि सबै ठाउँमा यसको पहुँच छ । आँप एउटा निकै पौष्टिक भएको स्वादिष्ट फल हो । आँप जति मिठो हुन्छ त्यति नै स्वास्थ्यको लागि लाभदायक छ । यसले शरीरलाई पर्याप्त मात्रामा पौष्टिक तत्व प्रदान गर्दछ । आँप खानुका फाइदाहरु 

१. आँपमा फाइबर, प्रोटिन र भिटामीन ‘सी’ उच्च मात्रामा पाइन्छ । जसले कोलस्ट्रोलको मात्रा घटाउन सहयोग गर्दछ ।

२. आँपले छालाको प्वाँल हटाउन र छालाको स्वास्थ्य सुधार गर्न मद्धत गर्दछ । 

३. आँपमा पाइने भिटामिन ‘ए’ ले आँखाको ज्योतिलाई राम्रो बनाउन मद्दत गर्दछ । आँखा सुख्खा हुनबाट बचाउँछ । 

४. यसमा पाइने उच्च फाइबरले पाचन प्रणलीलाई राम्रो बनाउँछ । 

५. भिटामिन ‘सी’ र भिटामिन ‘ए’ सँगै आँपमा रहेको क्यारोटिनोइड्सले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । 
 

खबरपाटी
खबरपाटी