बजेटबारे ओलीले भने– असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो

बजेटबारे ओलीले भने– असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो

काठमाडौं । सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन् । आज (आइतबार) संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग उनले यस्तो बताएका हुन् । सञ्चारकर्मीहरूले बजेटप्रति असन्तुष्टि हो ? भन्ने प्रश्नमा असन्तुष्टि नरहेको तर, छलफल गरेर बजेट ल्याएको भए झनै राम्रो हुने प्रतिक्रिया दिए ।

‘असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो’, उनले भने । सदनमा आजबाट आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु भएको छ । यसअघि आजै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका थिए । ओलीले हिजो (शनिबार) पार्टी संसदीय दलको बैठकमा बजेटमाथि असन्तुष्टि जनाउँदै अर्थमन्त्री वर्षमान पुन पार्टीतिर ढल्किएको टिप्पणी गरेका थिए ।

खबरपाटी
खबरपाटी