आज सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ त कारोबार ?

आज सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आइतबारको तुलनामा सोमबार तोलामा तीन सय रूपैयाँले दरले सुनको मूल्य बढेको छ ।
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य एक लाख ३७ हजार दुई सय रूपैयाँ छ भने तेजाबी सुनको मूल्य एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँ छ । यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ३६ हजार नौ सय रूपैयाँ थियो ।
सुनको मूल्य बढ्दा चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ । आइतबारको तुलनामा प्रतितोला रु २५ ले बढेर सोमबार चाँदी प्रतितोला रु एक हजार आठ सय ८० कायम भएको महासंघले जनाएको छ ।

खबरपाटी
खबरपाटी