भारतीय तीव्र गतिका बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट लिए सन्यास

भारतीय तीव्र गतिका बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट लिए सन्यास

भारतीय तीव्र गतिका बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । गएराति सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै शमीले टेस्ट क्रिकेटबाट सन्यास लिएको जनाएका छन् ।

टेस्ट क्रिकेट आफ्नो लागि खेलको एउटा स्वरूप मात्र नभई जीवनकै विशेष हिस्सा रहेको उल्लेख गर्दै उनले भारी मनले सन्यासको निर्णय लिएको उल्लेख गरेका छन् ।

३६ वर्षीय शमीले भारतका लागि ६४ टेस्ट खेल्दै २२९ विकेट लिएका छन् । उनी सन् २०२५ को च्याम्पियन्स ट्रफीपछि भारतीय राष्ट्रिय टोलीबाट बाहिर छन् ।

टेस्ट क्रिकेटबाट सन्यास लिए पनि शमीले सीमित ओभरको क्रिकेटलाई निरन्तरता दिने जनाएका छन् ।

खबरपाटी
खबरपाटी