१७औँ संस्करण आइपीएलको फाइनल आज : कोलकाता र हैदराबाद भिड्दै

१७औँ संस्करण आइपीएलको फाइनल आज : कोलकाता र  हैदराबाद भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)क्रिकेटको उपाधिका लागि आज कोलकाता नाइट राइडर्स र सनराईजर्स हैदराबाद भिड्दैछन्। १७औँ संस्करणको फाइनल खेल चेन्नईमा नेपाली समयअनुसार आज बेलुका पौने ८ बजे शुरु हुनेछ। तेश्रो पटक उपाधीको दाउमा रहेको कोलकाताले दोश्रो पटक उपाधि दाउमा रहेको सनराइजरको भिडन्त उत्कृष्ट हुने क्रीकेट विश्लेषकहरुको दाबी छ ।

गत मङ्गलवार भएको पहिलो क्वालिफायरमा हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाता फाइनलमा पुगेको थियो। शुक्रवार भएको दोस्रो क्वालिफायरमा हैदराबादले राजस्थान रोयल्सलाई ३६ रनले हराउँदै कोलकातासँगको भेट पक्का गरेको थियो।

कोलकता आईपीएल क्रिकेटको दुई पटकको विजेता टोली हो। उसले सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो। त्यस्तै हैदराबादले यसअघि एक पटक उपाधि जितेको छ। उसले सन् २०१६ मा आईपीएलको उपाधि जितेको थियो।
 

खबरपाटी
खबरपाटी