राप्रपाको केन्द्रीय समिति बैठक बस्दै, के छन् एजेन्डा ?

राप्रपाको केन्द्रीय समिति बैठक बस्दै, के छन् एजेन्डा ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

बिहान ११ बजेदेखि वसुन्धरामा बस्ने बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बैठकमा राजनीतिक, सांगठनिक, सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदनका साथै विभिन्न प्रदेशका प्रतिवेदन पनि प्रस्तुत गरिनेछ । बैठक आइतबारसम्म चल्नेछ ।

गत बुधबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन हुनुपर्ने माग गरेको थियो । 

खबरपाटी
खबरपाटी