प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले डाक्यो केन्द्रीय समिति र र संसदीय दलको संयुक्त बैठक

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले डाक्यो केन्द्रीय समिति र र संसदीय दलको संयुक्त बैठक

काठमाडौं । संसदमा सत्ता पक्षले पेलेरै अघि बढ्न खोजेको निष्कर्ष निकालेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केन्द्रीय समिति र र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

कांग्रेसले भोलि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने बताए । पौडेलका अनुसार बैठकमा प्रदेश सभापतिलाई पनि बोलाइएको छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समितिको माग गर्दै आएको छ । समिति बनाउन सत्ता पक्ष तयार भए पनि सहमति भाँडिएपछि कांग्रेसले पार्टीको रणनीति बनाउन बैठक डाकेको हो ।

कांग्रेसले भातृ संगठनहरुलाई सरकार विरुद्ध सडकमा उतारिसकेको छ । गृहमन्त्रीले सदनमा दिएको जवाफले कांग्रेस झनै आक्रोशित बनेको छ । कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि भने सहमति झनै टाढिदै गएको देखिन्छ ।

खबरपाटी
खबरपाटी