कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै

कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु हुनु अघि विपक्षी दलहरू छलफलमा जुटेका छन् । कांग्रेस सभापति देउवाको कार्यकक्ष वानेश्वरमा विपक्षी दलहरूको बैठक बसिरहेको छ । 

राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका अनुसार बैठकले विपक्षी दलहरूबिच साझा धारणा बनाउनेछ ।

सहकारी प्रकरणमा संसदीय समिति बनाउने सहमति भएसँगै आज संसद् बैठकले निरन्तरता पाउने भएको छ । 

खबरपाटी
खबरपाटी