राजनीति एकदमै फोहोरी खेल हो भन्‍ने भाष्यलाई परिवर्तन गर्नुपर्छ : सुहाङ नेम्वाङ

राजनीति एकदमै फोहोरी खेल हो भन्‍ने भाष्यलाई परिवर्तन गर्नुपर्छ : सुहाङ नेम्वाङ

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसका कारण संसदीय प्रणालीमाथि प्रश्न सिर्जना हुने अवस्था बनेको बताएका छन् ।

शनिबार काठमाडौंमा एमाले कोसी प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको युवा विचार गोष्ठीमा उनले संसदीय राजनीतिको लामो अनुभव छ भन्ने कांग्रेसले सत्ताका निम्ति नै संसद् अवरुद्ध गरेको आरोप लगाए । यसले संसदीय प्रणालीमाथि प्रश्न सिर्जना हुने अवस्था बनेको उनले बताए ।

कांग्रेसको लगातारको अवरोधका कारण मुलुकमा गतिरोध पैदा भएको र जनताप्रति संसद् नै चाहिँदैन कि भन्ने भाष्य निर्माण हुने खतरा रहेको उनले उल्लेख गरे ।

उनले सत्ताको वरिपरि मात्र घुम्ने कांग्रेसको प्रवृत्तिका कारण सदन अवरोध भएको आरोप लगाए । सहकारीको समस्या समाधान हुनुपर्छ भन्नेमा एमाले प्रस्ट रहेको उनले बताए । उनले राज्यले न्यायिक समिति बनाएर यसको समाधान गरिनुपर्नेमा जोड दिए ।

नेम्वाङ​ले अब सबै युवाहरू मिलेर देशको विकास र समृद्धिमा ध्यान दिनुपर्ने बताए ।

सांसद नेम्वाङले मुलुकमा नै पर्याप्त अवसर सिर्जना गरेर युवा जनशक्तिलाई स्वदेशमा नै परिचालन गर्नुपर्नेमा जोड दिए । 

खबरपाटी
खबरपाटी