काठमाडौँ । लोकप्रिय ब्रान्ड प्लस साइज नेपालको बार्हौ आउटलेट दाङको घोराइ बजारमा खुलेको छ । घोराइ बजारको स्वर्गद्वारी रोडमा बुधवार १२ औँ शाखा स्थापना भएको हो ।
एघारौँ शाखा सुर्खेतको जुम्ला रोडमा भव्यताका साथ यही साताको शनिवार उद्घाटन भएको हो । नेपालभर शाखा सञ्जाल विस्तार गरिरहेको प्लस साइज नेपालको ब्रान्ड प्रति ग्रहाकहरुको लोकप्रियता बढ्दो क्रममा रहेको छ ।
एउटै कपडा ७ वटा भन्दा धेरै साइजमा बनाइरहेको प्लस साइज नेपाल, नेपाली प्लस साइज ग्राहाकहरुमा निकै प्रख्यात रहेको छ । प्लस साइज नेपालले पूर्वमा धरान, बिर्तामोड देखि पश्चिममा बुटवलसम्म शाखा सञ्चालन गरिरहेको छ । डेलिभरी सर्भिस नेपालभर भई रहेता पनि प्लस साइज नेपालको शाखा देशभर १२ वटा रहेको छ ।
प्लस साइज नेपालले सम्पूर्ण सोसल मिडिया र एप्स्मार्फत अनलाइनमा आफ्नो राम्रो उपस्थिति देखाइरहेको छ ।