इलाम उपनिर्वाचनको समीक्षा र आगामी कार्यदिशा तय गर्न रास्वपाले बोलायो सचिवालय बैठक

इलाम उपनिर्वाचनको समीक्षा र आगामी कार्यदिशा तय गर्न रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक दिँउसो साढे ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।

उपनिर्वाचनको समीक्षाका साथै समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको रास्वपाले जनाएको छ ।

पार्टीको सचिवालयका अनुसार बैठकमा इलाम उपनिर्वाचनको समीक्षा र आगामी कार्यदिशा, समसामयिक राजनीतिक घटनाक्रम विषयमा छलफल हुनेछ ।

त्यस्तै बैठकमा आगामी केन्द्रीय समिति बैठकसहित अन्य विविध विषयमा पनि छलफल हुने रास्वपाले जनाएको छ ।

 

खबरपाटी
खबरपाटी