सामाजिक उत्तरदायित्व वहन गर्दै साइपाल एकेडेमीले सुखावती स्टोरलाई बुझायो ५०० कीलोग्राम लत्ता कपडा
१२ माघ २०८०, शुक्रवार
शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीमा चार हजार ४६२ शिक्षकको लागि आवेदन माग गरेको छ ।
आज सातै प्रदेशका लागि खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, अपाङ्गता, दलित, पिछडिएको क्षेत्र र तराई–मधेसमा बसोबास गर्ने मधेसी, आदिवासी जनजाति, लगायतका विभिन्न समूहमा विज्ञापनद्वारा शिक्षक माग गरिएको हो ।
बागमती प्रदेशमा सबैभन्दा धेरै एक हजार १०३, कोशीमा १ हजार ०७७, गण्डकीमा ८००, मधेसमा ५०८, लुम्बिनीमा ४९५, सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जनाका लागि आयोगले आवेदन खुलाएको छ ।
योग्यता पुगेका इच्छुकले जेठ १३ गतेसम्म र दोब्बर दस्तुरमा भने जेठ २० गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।
हेर्नुहोस् विज्ञापन
https://drive.google.com/file/d/1r77rWt_ubwsk1diQ9rCJsTHAEI-6BmLz/view