मंगलबार घटेको सुनको भाउ बुधबार फेरि बढ्यो

मंगलबार घटेको सुनको भाउ बुधबार फेरि बढ्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार घटेको सुनको भाउ बुधबार फेरि बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलामा ५ सयले बढेर १ लाख ३६ हजारमा कारोबार भइरहेको छ । 

त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ५ सयमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३४ हजार ८५० मा कारोबार भएको थियो ।  

त्यसैगरी बुधबार चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको मुल्य तोलामा १०  रुपैयाँले बढेर प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको १६ सय ६० मा कारोबार भएको थियो ।

खबरपाटी
खबरपाटी