काठमाडौं,साताको चौथो दिन बुधबार सेयरबजारमा गिरावट आएको छ । आइतबार, सोमबार र मङ्गलबार गरि २५ दशमलव ४१ अङ्कले घटेको बजार आज थप ओरालो लागेको हो ।
मङ्गलबार १ दशमलव ८५ अङ्कले घटेको सेयरबजार आज थप ३ दशमलव ४३ अङ्कले घटेर २००६ दशमलव ७८ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५ सय ८५ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९ सय ८६ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा भने वृद्धि भएको हो ।
आज सर्वाधिक कमाउने कम्पनीहरुमा गुराँस लघुवित्त, मानुषी लघुवित्त, गणपति लघुवित्त र विन नेपाल लघुवित्त कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा रिभरफल्स हाइड्रो र मन्दाकिनी हाइड्रो रहे । ती कम्पनीको सेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घट्यो ।
आज लघुवित्त समूहको उपसूचक १।६५ प्रतिशतले बढ्दा लाइफ इन्स्योरेन्स समूहको उपसूचक ०।५ प्रतिशत बढ्यो । यसैगरी आज उत्पादन तथा प्रसोधन समूहको उपसूचक सर्वाधिक १।७४ प्रतिशतले घट्दा ट्रेडिङ समूहको उपसूचक ०।७४ प्रतिशतले घट्यो ।