नेपाल नेत्रज्योति संघ:४६ वर्षमा ४ करोड ३६ लाखको आँखाको उपचार गर्न सफल

नेपाल नेत्रज्योति संघ:४६ वर्षमा ४ करोड ३६ लाखको आँखाको उपचार गर्न सफल

काठमाडौं। मंगलबार नेपाल नेत्रज्योति संघले स्थापाना  ४६ औं स्थापना दिवश मनाएको छ ।
नेपाल नेत्रज्योति संघले आफ्नो स्थापनाकाल देखि अहिले सम्म ४६ वर्षमा ४ करोड ३६ लाखको आँखा उपचार तथ्यांक सार्वजनिक गरेको छ ।

नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल करोड ३६ लाख २६ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार ६५९ जनाको आंखाको शल्यक्रिया भइसकेको महासचिव भरतबहादुर चन्दद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसैगरी २०२३ मा मात्र संघले आफ्नो मातहतका आँखा अस्पताल, उपचार केन्द्रहरुका साथै विभिन्न बाह्य कार्यक्रमका माध्यमबाट कुल ३३ लाख ६ हजार २६ जनाको आँखा जाँच तथा उपचार गर्नुका साथै २ लाख ६५ हजार ८८५ जनाको आँखाका शल्यक्रिया गरेको जनाएको छ।त्यसैगरी सन् २०२३ मा संघको संजाल मार्फत ८ लाख ५ हजार ३१६ जना विदेशी नागरिकहरुले आँखा उपचार गरेको जनकारी दिएको छ।
समाजका विभिन्न क्षेत्रका विशिष्ट समाजसेवीहरु तथा प्रा डा रामप्रसाद पोख्रेलको सामूहिक प्रयासबाट वि.सं. २०३५ साल चैत्र १३ गते नेपाली जनताहरुलाई सस्तो, सुलभ र गुणस्तरिय आँखा उपचार सेवा जनताको घर आगनमै पुर्याउदै नेपालको अन्धोपन न्यूनिकरण गर्ने प्रमुख उद्देश्यसहित मुनाफारहित, गैरसरकारी संस्थाका रुपमा नेपाल नेत्रज्योति संघको स्थापना भएको हो।
हाल संघले २८ आंखा अस्पतालहरु, १५६ आँखा उपचार केन्द्रहरु तथा ४३ जिल्ला शाखाहरु संचालन गरेको छ।
नेत्रज्योति संघले यो बर्ष ४६ औं नेत्रज्योति दिवसको नारा हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आंखा सेवामा साझेदारी भन्ने मुल नारा सहित देशै भरी विभिन्न कार्यक्रम सहित मनाइरहेको छ।

खबरपाटी
खबरपाटी