आज सुन तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो,कतिमा हुदैँछ त कारोबार ?

आज सुन तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो,कतिमा हुदैँछ त कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख २५ हजार ९ सय रुपैयाँ कायम भएको छ ।यस्तै, चाँदीको मूल्य शुक्रबार ५५ रुपैयाँले घटेर प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

खबरपाटी
खबरपाटी