रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
अल्पमतमा परेका गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री नियुक्त गरेका थिए ।
योसँगै उनले आज प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
मुख्यमन्त्रीले कृषिमन्त्री महेन्द्रध्वज जीसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मा दिएका छन् ।