आज सुनको भाउ घट्यो,कतिमा हुदैँछ त कारोबार ?

आज सुनको भाउ घट्यो,कतिमा हुदैँछ त कारोबार ?

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख २५ हजार ४ सयमा रहेको सुन १ लाख २५ हजार रुपैयाँमा झरेको छ । 
यसअघि सुनको मूल्यले फागुन २९ गते १ लाख २६ हजार रुपैयाँको उच्च रेकर्ड बनाएको थियो ।त्यसयता सो मूल्यभन्दा तल रहँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य केही घटेपनि नेपाली बजारमा प्रभाव परेको महासंघले जनाएको छ । चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ बढेको छ । महासंघका अनुसार अघिल्लो दिन तोलाको १५१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५३० रुपैयाँ पुगेको छ ।

खबरपाटी
खबरपाटी