आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य फेरि बढेको छ।
मंगलबार हालसम्मकै उच्च १ लाख २६ हजार पुगेको सुनको मूल्यमा बुधबार १ हजार रुपैयाँ घटेको थियो।
तर, बिहीबार तोलामा ८ सय रुपैयाँले सुनको भाउ बढेर आएको छ।
हिजो प्रतितोला १ लाख २५ हजार रुपैयाँमा झरेको छापावाला सुन बिहीबार १ लाख २५ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, आजका लागि महासंघले तेजावी सुन तोलामा १ लाख २५ हजार २ सय रुपैयाँ तोकेको छ।
महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५० रुपैयाँ बढेर १ हजार ५ सय १५ रुपैयाँ पुगेको छ।
फागुन महिनाको २६ दिनमा मात्रै नेपाली बजारमा ८ हजार ५ सय रुपैयाँले सुनको भाउ बढेर मूल्यमा नयाँ रेकर्ड राखेको छ।