बुधबार शेयर बजारमा सामान्य करेक्शन, कारोबार ४ अर्ब भन्दा धेरैको

बुधबार शेयर बजारमा सामान्य करेक्शन, कारोबार ४ अर्ब भन्दा धेरैको

काठमाडौँ । मंगलबार एकैदिन ५० अंक भन्दा धेरैले बढेको बजार, आज (बुधबार) भने सामान्य करेक्शन देखिएको छ । 

बुधबार शेयर बजार परिसूचक नेप्से २ दशमलव ४८ अंकले घटेर २१०८ दशमलव ७२ अंकको विन्दुमा बन्द भएको छ । झिनो अंकले घटेको बजारमा शिवम् सिमेन्टको सर्वाधिक २५ करोड ५३ लाख ८३ हजार ६६२ रुपैयाँ बराबरको कारोबार भएको छ र  शेयर संख्याका आधारमा अपर तामाकोशीको ८ लाख ४६ हजार १४६ कित्ताको खरिदविक्रि भएको छ । कारोबार संख्याका आधारमा भने हिमालयन रि इन्स्युरेन्सको ३ हजार ७२३ पटक कारोबार भएको छ । 

 ० दशमलव ११ प्रतिशतले घटेको बजारमा शेयर बजारका सम्पूर्ण परिसूचकहरु राताम्मे देखिएका छन् । समुहगत परिसूचकहरु भने मिश्रित देखिएका छन् । 

कारोबारमा आएका १३ समुहमध्य ६ समुहको परिसूचक बढ्दा बाँकि ७ समूहको परिसूचक घटेका छन् । फाइनान्स समुहको परिसूचक २ दशमलव ३२ प्रतिशतले बढ्दा होट्ल्स तथा पर्यटन समुह र जलविद्युत समुहको परिसूचक १ प्रतिशत भन्दा धेरेले घट्दा बाँकी सबै समूहको परिसूचक १ प्रतिशत भन्दा थोरैले घटबढ भएका छन् । 

बुधबार ३ सय १० कम्पनीको ७३ हजार ५०६ पटकको कारोबारमा १ करोड ८ लाख ८९ हजार ६३४ कित्ताहरुको खरिदविक्रि हुँदा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँ २२ पैसा बराबरको कारोबार भएको छ । 
कारोबारमा आएकामध्य ९६ कम्पनीको शेयर मुल्य बढ्दा १३३ कम्पनीको शेयर मुल्य घटेको छ बाँकी १४ कम्पनीको शेयर मुल्य भने स्थीर रहेको छ । 

खबरपाटी
खबरपाटी