अस्तीसम्म जे भो-भो, अबबाट भ्रष्ट्राचार नगरौँ : राजेन्द्र लिङ्देन

अस्तीसम्म जे भो-भो, अबबाट भ्रष्ट्राचार नगरौँ : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले लुटतन्त्र नै गणतन्त्र हो भने त्यसको सधैं विरोध गरिराख्ने बताएका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले राखेको विश्वासको मत प्रस्तावमाथि छलफलमा भाग लिँदै राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले भने, ‘गणतन्त्रको नाममा अहिले जुन प्रकारको लुटतन्त्र मच्चिराखेको छ, लुटतन्त्र नै तपाईंको गणतन्त्र हो भने त्यो गणतन्त्रको हामी सधैं विरोध गरिराख्छौं। सडक र सदनमा विरोध गरिराख्छौं, जुन बेला हैसियत पुग्छ त्यसबेला पल्टाउँछौं, हाम्रो मुख थुन्न सक्नुहुन्न तपाईंले।’

राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएको छ।

उनले प्रधानमन्त्री दाहाललाई गल्ती सच्याउन पनि आग्रह गरेका छन्। ‘अब यहाँ उभिएर तपाईंहरूले राजा र धर्मलाई गाली गरेर स्वावासी पाउनु हुन्न। त्यो दिन सकियो,’ उनले भने, ‘अब काम गरेर देखाउनुस्।’

खबरपाटी
खबरपाटी