रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।बैठक बिहान १० बजे निवास बूढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ।
आज बिहान सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका थिए।
बालुवाटारबाट फर्किएर देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।