ममणिपाल अस्पताल पोखराको प्राविधिक सहयोगमा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

ममणिपाल अस्पताल पोखराको प्राविधिक सहयोगमा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

मणिपाल  शिक्षण अस्पताल पोखराको प्राबिधिक सहयोग तथा बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको आयोजनामा फाल्गुन १७  गते पोखरा महानगरपालीका वार्ड न. ३३ उपल्लोपुणिमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

शिविरमा  मणिपाल शिक्षण अस्पतालका वरिष्ठ विशेषज्ञ चिकित्सकहरू द्वारा   स्वस्तन तथा पाठेघर क्यान्सर तथा जनरल मेडिसिन सम्बन्धि निःशुल्क ास्थ्य परीक्षण गरिएको थियो भने आवश्यक विरामीलाई निःशुल्क रूपमा औषधि समेत प्रदान गरिएको थियो । बिहान ११ बजे बाट संचालन भएको उक्त शिविरमा लगभग २५० बिरामीले स्वास्थ्य लाभ लिएका थिए । 

मणिपाल शिक्षण अस्पतालबाट वरिष्ठ चिकित्सकहरु आएर आफ्नै गाउँ घरमा विशेषज्ञ सेवा प्राप्त गरेकोमा शिविरमा आउने बिरामीले खुशी ब्यक्त गरेका थिए।  मणिपाल शिक्षण अस्पतालले सामाजिक उत्तरदायित्व  अन्तर्गत रहेर विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविर विभिन्न स्थानमा संचालन गर्दै आइरहेको छ ।
 

खबरपाटी
खबरपाटी