सोमबार सुनको मुल्य तोलामा २०० रुपैयाँले घट्यो

१ लाख १८ हजार ३०० रुपैयाँ कायम

सोमबार सुनको मुल्य तोलामा २०० रुपैयाँले घट्यो

काठमाडौं,नेपाली बजार सोमबार सुनको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २०० रुपैयाँले घटेको हो । आइतबार १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको भएको थियो ।

तर, आज भने घटेर १ लाख १८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुनको मूल्य भने १ लाख १७ हजार ७५० रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ । आइतबार भने १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

खबरपाटी
खबरपाटी