काठमाडौँ फागुन ११- १७,जनवरी २०२४ मा नेप्से इन्डेक्स २२१५.५४ को उचाई चुमेपछि लगातार घट्दो क्रममा छ। बिहिबार २२, फेब्रुअरी २०२४ मा नेप्से इन्डेक्स २०००.५४ छोएर २००५.८२ बिन्दुमा रोकिएर बन्द भएको छ । बिहिबारको कारोबारमा नेप्से इन्डेक्समा ११ बजेदेखि २ बजेसम्म सामान्य उतारचढाव देखिएपनि २ बजेपछि भने भारी गिरावट देखिएको छ ।
बिहिबारको कारोबारको समयमा धरै कम्पनीहरुमा उतारचढाव देखिएको छ , यहीँ बिचमा चलखेल देखिएको छ । १८, जनवरी , २०२४ मा तेह्रथुप पावर कम्पनीको मूल्य ७२३ पुगेपछि लगातार घट्दो क्रममा देखिएको छ । बिहिबार २२, फेब्रुअरी २०२४ का दिन फ्लोरसिट एनालाईसिस गर्दा ५५६ बाट कारोबार सुरु भएको देखिन्छ । कारोबारको अन्तिम समयमा भने चलखेल देखिएको ,५५६ मूल्य पुगिसकेको कम्पनिको एकै चोटी १० कित्ता ले(३.०६% ले घटि) ५३८.५० मा बन्द गराइएको छ । कम्पनिले पछिल्लो समय प्रगति गर्दै गइरहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको नाफा उल्लैख बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ६४ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ , यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७६.१३ प्रतिशत बढी हो बिहिबारको कारोबार नजिकबाट नियालेका एक लगानीकर्ताका अनुसार तेह्रथुम पावर कम्पनि (TPC) मा बिक्रिकर्ता निकै नै कमजोर भइसकेकाले खरिद कर्ताले खोजेजति कित्ता नपाउदाँ १० , १० कित्ता ले कम्पनिको मूल्य घटाएर एकैचोटी ठूलो कित्ता उठाउने दाउमा घटाउन खोजिएको हुनसक्ने बताउछन् ।
सेयरबजार सप्लाई र डिमान्ड ले चल्नेहुदाँ,सप्लाई साइड निकै कमजोर भइसकेकोले बेचेर बसेको समूह अनेकन हवला फिजाएर सस्तोमा सेयर उठाउने दाउमा छन् । अर्थतन्त्रका सूचक झनझन बलिया हुदैँ गइरहेको अवस्था छ , संस्थागत लगानीकर्ताहरुले सेयरबजारमा पुजीँ बढाइरहेका छन् , बैङ्किङ प्रणालीमा तरलता अधिक भइरहरहेको छ। कर्जाको ब्याजदर निरन्तर घट्दोक्रममा छ । बियरिसको ह्याङ्गओभर रिटेलर लगानीकर्ताहरुले अझै पनि बिर्सिन नसकेको हुदाँ घट्दा खेरी पुनःउही अवस्था आउने हो कि भन्ने मनगढन्ते डरत्रासले प्यानिक भईरहेको अवस्थामा अरुको डरलाई किने सेयरबजारमा कमाइने जानकारहरु बताउछन् ।आजको समयमा बिक्रिलाई भन्दा पनि खरिदलाई आक्रमक बनाउनेले छोटोसमयै मिठो पुजिँलाभ लिने जानकारहरुको तर्क छ।